जनकपुरमा ४ सय मास्क निःशुल्क वितरण


जनकपुरधाम : कोरोना संक्रमणको आशंकामा सर्वसाधारणमा त्रास बढ्न थालेपछि जनकपुरमा क्लोथ बैंक धनुषाले निःशुल्क मास्क वितरण गरेको छ ।

बिहीबार जनकपुरस्थित बस स्टेण्डमा बस व्यवसायीको पहलमा प्रदेश नम्बर २ का भौतिक योजना पूर्वाधार राज्यमन्त्री डिम्पल झाको उपस्थितिमा दर्जनौँ मास्क वितरण गरिएको हो ।

जनकपुरमा मास्क सहज रुपमा उपलब्ध नभइरहेको अवस्थामा सर्वसाधारणमा कोरोना संक्रमणको त्रास भइरहेको बेला स्वास्थ्यको ख्याल गर्दै मास्क वितरण गरेको क्लोथ बैंक धनुषाका अध्यक्ष राजिव झाले जनाए ।

मास्क वितरणको क्रममा जनकपुरधाम अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, वरिष्ठ चिकित्सक डा. अजय मिश्रको उपस्थितिमा निःशुल्क रुपमा ४ सय थान मास्क वितरण गरेको अध्यक्ष राजीव झाले बताए ।

प्रकाशित : २०७६ चैत्र ६, बिहीबार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ