सिरहामा गाँजासहित सप्तरीका यादब पक्राउ


जनकपुरधाम : सिरहामा लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं। ७ का २२ वर्षीय अनिलकुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यादवलाई शनिबार साँझ सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ लहान–ठाडी सडक खण्डबाट २ केजी एक सय ग्राम अवैध गाँजासहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय सिरहामा ल्याइ थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित : २०७६ चैत्र ९, आईतवार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ