आजदेखि भारत र चीनसँगको सीमा नाका एक सातासम्म बन्द


काठमाडौं : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारत र चीनसँग जोडिएको नेपालको सीमा नाका आजदेखि एक सातासम्मका लागि बन्द भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार सोमबार बिहानदेखि नाका बन्द भएको हो । पछिल्लो समय भारतसँग जोडिएको सीमा नाकाबाट नेपाल भित्रिनेहरुको घुँइचो लागेको खबरहरु सार्वजनिक भइरहेका थिए ।

भारतमा पनि कोरोना भाइरस संक्रमित बढ्दै जान थालेपछि कतिपय सीमा नाका बन्द गर्नुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित : २०७६ चैत्र १०, सोमबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ