कोरोनाको त्रास बढ्दै, भोलिदेखि जनकपुर पनि ‘लक डाउन’


जनकपुरधाम : विश्‍वभर कोरोना भाइरस ९कोभिड १९० को संक्रमण बढ्दै गएपछि जनकपुर बजार ‘लक डाउन’ हुने भएको छ ।

कोभिड १९ को संक्रमण रोक्नको लागि अति आवश्यक सामग्री बेच्ने खाद्यान्य संस्थाहरुबाहेकका सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले जनाएका छन् ।

कोभिड १९ को नेपालमा उच्च जोखिम रहेकोले संक्रमण रोक्न तत्काल एक हप्ता व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको महासचिव महासेठले जनाएका हुन् । जनकपुरधामको बाजार मंगलवार देखि १६ गते सम्म बन्द रहने छ ।

यस बन्दको अवधिमा खाद्यान्‍न, किराना, औषधी, एल पी ग्यास, फलफुल, तरकारी, पेट्रोलपम्म बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण बढेपनि जनकपुरधामको बाजारमा भने मानिसको चहलपहल रहैको छ ।

पहिलाको तुल्नामा मानिसको संख्या कम भएपनि भिडभाड यथावतै रहेपछि जनकपुरधाम उद्योग वाणिज्य संघले अतिआवश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

  • देशसञ्चार
प्रकाशित : २०७६ चैत्र १०, सोमबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ