घरबाट ननिस्कन उप मेयर झाको आग्रह


जनकपुरधाम । जनकपुरधाम उप महानगर पालिकाका उप मेयर रीता झाले सबै नागरबासीलाइ कोरोनाको संभावित जोखिमबाट बचनको लागी घर बाहिर ननिस्कन आग्रह गर्नु भएको छ ।

विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नकोलागी उनले घर बाहिर अनाबस्यक ननिस्कन आग्रह गर्नु भएको छ । जनकपुरधामको विभिन्न स्थानमा छुट्ने कुनैपनि सवारी साधनहरु कम चलेका छ ।

जनकपुरधाममा अलपत्र परेका यात्रुलाई भने गन्तव्यमा पु¥याउने व्यवस्था गरिने उप महानगरका उप मेयर झाले जानकारी दिनु भयो । उहाँका अनुसार अहिले जनकपुरधाममा भएका यात्रुहरुलाई सम्बन्धित गन्तव्यमा पु¥याउने व्यवस्था मिलाएर सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो।

उहाँले सबै नगरबासीहरुलाई कोरोनाको सम्भावित जोखिमबाट बच्नकोलागी घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । सरकारले नागरिकको जीवनको रक्षाका निम्ति यी सबै कदम चालिएकोले त्यसलाई नागरिकले अक्षरस पालना गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रकाशित : २०७६ चैत्र ११, मंगलवार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ