लकडाउन बाध्यता हो रहर होइन : मेयर साह


जनकपुरधाम । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, विवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन् ।

उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ ।’ मेयर साहले कुनै प्रकारको शंका उपशंका लागेमा नजिकको स्वस्थ्य चौकीमा सम्पर्क गर्न सबैमा आग्रह गरे । उनले भने, ‘आपतकालिन अवस्थामा हामी सबै एकजुट भएर अगाडि बढनुपर्दछ ।

नगरवासीका लागि उपहानगरपालिकाका कर्मचारीहरु ज्यान जोखिममा राखेरप िन कार्य गरिरहेको छ ।’ मेयर साहले हामी बाचेमा राष्ट्र बाँचिन्छ, त्यसैले यस्ता अवस्थामा डब्लूएचओको नियमलाई पालन गर्न र उपमहानगरपालिकालाई सहयोग गर्नका लागि सबैमा आग्रह गरेका छन् । जनकपुरधाम उपमहा नगरपालिका र संघीय सरकारले गरेको लकडाउनकोे प्रभाव जनकपुरधाम सहित यस क्षेत्रमा समेत परेको छ । जनकपुरधाम बजार पुर्णरुपमा बन्द रहेको रह्यो भने मोटरसाइकल तथा पैदल यात्री फाटफुट सडकमा चलेको देखियो ।

सरकारले बिना जानकारी लकडाउन गरेकाले पुर्व तयारी हुन नसक्दा सर्वसधारणलाई समस्या भएपनि लकडाउनलाई सवैले सहर्ष स्वीकारेका गरेका छन् ।अत्यावश्यक सरसमान ग्याँस, इन्धन, औषधी र दैनिक उपोभोग्य समाग्रीहरुका पसल खुल्ने भनिएपनि त्यस्ता पसलहरु समेत बन्द भएपछि सर्व साधारणलाई सास्ती भएको छ ।

सडकमा ठाँउ ठाँउमा तिनै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरुले लकडाउन जनता र देशकै लागि भएकाले सफल बनाउन सडकमा भेटनेहरुलाई सम्झाइ रहेका थिए ।

प्रकाशित : २०७६ चैत्र ११, मंगलवार २१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ