जनकपुरमा लकडाउनको उल्लंघन गर्ने ३६९ सवारी साधन प्रहरीले समात्यो


जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ३ सय ६९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनकपुरको विभिन्न ठाउँमा लकडाउनको उल्लंघन गर्ने सबभन्दा बढी २६१ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। यस्तै ८५ ट्रक, ११ अटोरिक्सा, ७ कार, ४ बस, ७ जिपरकार र १ ट्याक्टर समेत नियन्त्रणमा लिएको उनले बताए।

लक–डाउनको उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएपनि चलाउने व्यक्तिलाई भने छाडिएको छ। नियन्त्रणमा लिएका सवारी साधनले प्रहरी कार्यालय भरिभाउ बनेको छ। नियन्त्रणमा लिएका सवारीलाई कारबाही गर्ने डिएसपी कार्कीको भनाइ छ।

जनकपुरमा लकडाउन पालना गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिकसँगै नेपाली सेनासमेत परिचालन भएको छ। प्रदेश २ का आठै जिल्लामा नेपाली सेना लकडाउनको पूर्ण पालना गराउन खटेका छन्। पहिले सम्झाउने र नमानेपछि सवारी नियन्त्रणमा लिने गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ चैत्र ११, मंगलवार २२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ