लकडाउनको दोस्रो दिन जनकपुरमा प्रहरी आक्रमक


जनकपुरधाम : कोरोना भाइरस भित्रिन नदिन सरकारले घोषणा गरेको लकडाउनको कार्यान्वयण गराउन जनकपुरधाममा प्रहरी आक्रमक देखिएका छन् ।

लकडाउनको उल्लंघन गर्नेहरुलाई प्रहरीले कुटपिट समेत गर्न थालेको हो । जनकपुरको हरेक चोकमा नेपाल, सशस्त्र र ट्राफिक प्रहरीचालन भएका छन् । उनीहरु लकडाउनको उल्लंघन गरी सडकमा हिड्डुल गर्नेहरुलाई घरमा बस्न सुझाव समेत दिने गर्छन् ।

हिजोको तुलनामा जनकपुरमा लकडाउनको प्रभाव बढी देखिएको छ । कलकारखाना उधोगधन्दा बजार पूर्ण रुपमा बन्द छ । सडक सुनसान बनेको छ । अतिआवश्यक बस्तु बाहेकका कुनै पनि पसलहरु संचालनमा रहेको देखिदैन ।

कोरोनाबाट बच्न लकडाउनको पालना हरेक नागरिकले गर्नुपर्ने संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरुले अपिल समेत गरेका छन् ।

प्रकाशित : २०७६ चैत्र १२, बुधबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ