कोरोना भाइरस : उपत्यका बाहिर पनि बज्यो खतराको घण्टी


काठमाडौं : काठमाडौं उपत्यका बाहिर कोरोनाका पहिलो संक्रमित भेटिएका छन्। धनगढी प्रादेशिक अस्पतालमा उपचाररत युवकमा कोरोना देखिएसँगै उपत्यका बाहिर पनि खतराको घण्टी बजेको हो। दुबईबाट रोजगारी गरेर आएका युवकलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘उपत्यका बाहिर देखिएको यो पहिलो केश हो’, देवकोटाले भने, ‘समग्रमा यो कोरोना संक्रमणको चौथो घटना हो। अहिले उनको चौथो केश हो। अहिले उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।’ ती प्रादेशिक अस्पतालमा युवक उपचारका लागि ११ गते चैतमा भर्ना भएका थिए।

उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो।

दिल्ली हुँदै नेपाल

कोरोना भाइरसबाट संक्रमित चौथो युवा गत ७ चैत (२० मार्च) मा भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौँ आएको पुष्टि भएको छ। तर उनी कुन जहाजबाट आए भन्‍नेबारेमा स्वास्थ्य मन्त्रालयले अहिलेसम्म केही बोलेको छैन। उनी काठमाडौँ काठमाडौं उत्रिसकेपछि एक दिन बसेर नेपालगञ्ज गएका थिए। काठमाडौं ओर्लिएको पर्सीपल्ट उनी बुद्ध एयरको जहाजबाट नेपालगञ्ज गएको खुलेको छ। त्यसपछि उनी स्थलमार्ग हुँदै बसको प्रयोग गरेर सुदूरपश्‍चिमको राजधानी धनगढीसम्म पुगेको खुलेको छ।

प्रकाशित : २०७६ चैत्र १४, शुक्रबार २२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ