कोरोनाले फ्रान्समा १६ वर्षिया किशोरीको मृत्यु


काठमाडौं । कोरोना भाइरसका. संक्रमणबाट फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो सबैभन्दा कम उमेर फ्रान्सेली नागरिक हुन् ।

‘जुलीलाई सुरुमा सामान्य रुघाखोकी लागेको थियो । खोकी बढ्ना साथ चिकित्सककोमा लगियो, स्वास्थ्य परिक्षण गर्दा खासै समस्या देखिएन ‘दिदि मानोनले सञ्चारमाध्यममा भनिन् ।

चिकित्सकले तत्कालै एसोन क्षेत्रको लँजुमोस्थित अस्पत्तालमा भर्ना गर्न पठाए । राति उनको स्थिति झन बिग्रिएपछि मंगलबार साँझनै पेरिसको नेकेर अस्पताल स्थानान्तरण गरियो । उनलाई कृत्रिम पद्धतिबाट श्वास फेर्न सजिलो बनाइयो ।

मंगलबार राति नै चिकित्सकहरुले उनको फोक्सोले काम नगरेको जानकारी दिए । उनको स्वास्थ्य एकदमै छिटो झनै बिग्रियो । चिकित्सकहरुले सबै प्रयास गरेपनि उनको शरीरले पचाउन नसकेर मृत्यु भएको जानकारी दिदी मानोनलाई दिए ।

अहिलेसम्म फ्रान्स १९९५ जनाको मृत्यु भएको छ भने ३२ हजार बढी संक्रमित छन् । एजेन्सी

प्रकाशित : २०७६ चैत्र १५, शनिबार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ