क्वारेन्टाइनमा पौने नौ सय बेड,चिकित्सक छैन्


जनकपुरधाम ,१५ चैत्र ।प्रदेश २ को ५५ स्थानमा क्वारेन्टाइन खडा गरिएकोछ ।त्यसमा ८सय ७२ बेड राखिएकोछ ।हाल १ सय ६५ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको कोरोना भाइरस संक्रमण रोकथामका प्रादेशिक संयोजक समेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जनाए ।

क्वारेन्टाइनमा रहेका सबै जना भारत लगायत विदेशबाट फर्केका हुन् ।उनीहरुको निगरानी भइरहेको झाले बताए ।

तर क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण र सुरक्षा कवच(पीपीई)को चरम अभाव रहेको उनले बताए ।‘संघीय सरकारबाट आवश्यक उपकरणहरु प्राप्त भइरहेको छैन्’ उनले भने, प्रदेश सरकारले प्रयास गरेपनि परिणाम आउन सकेको छैन् 

प्रदेश २ मा हाल सम्म तीन जनाको सेम्पल परीक्षण गरिएकोमा तीनै जनाको निगेटिव आएको झाले बताए ।अस्पतालहरुले ज्वरोका रोगीलाई भर्ना लिन अस्वीकार गर्न थालेपछि क्वारेन्टाइनमा संख्या बढने बताइन्छ ।

प्रदेश २ का कुनैपनि क्वारेन्टाइनमा चिकित्सकको सुविधा उपलब्ध छैन् ।पालिकाहरुमा रहेका स्वास्थ्यकर्मीकै भरमा क्वारेन्टनाइन सञ्चालनमा ल्याइएकोछ ।क्वारेन्टाइनमा रहेकाहरु मध्ये कसैमा संक्रमण देखिएपनि त्यसको यकिनगरि सेम्पल संकलन गर्ने र परीक्षणका लागि पठाइने प्रबन्ध समेत छैन् ।प्रादेशिक अस्पतालका चिकित्सकहरुले घरमै क्वारेन्टाइनमा रहन सुझाव दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment

Name *

Email *

Website

प्रकाशित : 28 March 2020 3:17 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !