नेपालमा भेटियो पाँचौं कोरोना संक्रमित युवती


जनकपुरधाम : नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । चैत ४ गते बेल्जियमबाट आएकी २२ वर्षिया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ति युवतीको पहिचान गोप्य राखिएको छ । उनी राजधानी बाहिरको रहेको बुझिएको छ । उनको अवस्था सामान्य छ र उपचार जारी छ । यसअघि ४ जना संक्रमित पुुष्टि भएको थियो । जसमध्ये दुई जना उपचार पश्चात निको भइसकेको बताइएको छ ।

प्रकाशित : २०७६ चैत्र १५, शनिबार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ