मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन अबधी एक हप्ता थपिने सम्भावना


प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो नियमित बैठक रहेको जानकारी दिएका छन्। बैठकमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धमा छलफल चल्ने बताइएको छ।

यसअघिको मन्त्रिपरिषद् बैठकले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो, जसको आज छैटौं दिन हो। सरकारले थप एक हप्‍ताको लकडाउन बढाउने सम्बन्धनमा छलफल हुने बताइएको छ। त्यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्च स्तरीय समन्वय समितिलाई थप कसरी सशक्त बनाउने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

यसबीचमा नेपालमा कोरोना भइरसबाट संक्रमित हुने पाँच जना भेटिएका छन्, जसमध्ये एक जना निको भई घर फर्किएका छन्।

प्रकाशित : २०७६ चैत्र १६, आईतवार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ