लकडाउन : जनताका लागि के गर्दैछ सरकार ? के छ तयारी ?


जनकपुरधाम;कोरोनाको संक्रमण वाट देशलाई थप क्षती हुन नदिन सरकारले जारी गरेको लकडाउनको छैठौं दिन आइतवार समेत जनता संयमित हुदै घर भित्रै नियम पालना गरिरहेका छन् । देश ठप्प छ विभिन्न बस्तुको अभाव भएपनि हदै सम्म नागरिकहरु सरकारको सहयोगमा देखिएका छन् । देश र जनताको हितमा गरिएको लकडाउनमा जनताले समेत हदै सम्मको साथ दिएको देखिन्छ । अतिआवयश्क काम पर्नेहरु मात्र घरवाट वाहिर निस्कने गरेका छन् ।

विहान तरकारी किन्न समेत भिडभाड देखिदैन । व्यापार व्यवयसायको समेत चिन्ता नगरि देशको बचावमा उद्योगी व्यवसायीहरु समेत लागि परेका छन् । कालाबजारियाहरु विरुद्व सरकारले गरेको कारवाहीले स–साना कलाबजारीमा हदै सम्म ब्रेक लागिरहेको भएपनि संगठित ठुलठुला कालाबजारी नहुनेमा भने जनता विश्वस्त छैनन् ।


जनताले संक्रमण नियन्त्रणका लागि हदै सम्म योगदान दिइरहेको भएपनि अभिष्यमा हुन सक्ने सम्भावित अपठेरावाट जुद्यन सरकारले केहि पनि गर्न नसकेको गुनासो सवत्र छ । कथनकदाचित कुनै आपत आइ परे त्यसवाट जनता र देशलाई बचाउने सरकारको निति र तयारी हुन नसकेको विज्ञहरुको भनाईले जनतालाई दुःखित तुल्याएको छ । आफुहरु दुःख र कष्ट सहेर भएपनि सरकारको यस कदमलाई आफनै हितमा भन्दै घर भित्र रहेपनि सरकारले आफनो दायित्व पुरा नगरे भोली हुन सक्ने क्षती प्रति जनता शंसकित छन् ।
भोलीको जोखिमवाट लडन सरकारले गरिरहेको नितिगत र संरचनागत तयारीहरुको एथेष्ट जानकारी पाउनुपर्ने नागरिको मांग छ । यो समस्या र महामारी चिन सहितका विश्वका सवै देशमा रहेकाले अर्को देशको भर पर्नु खतरनाक सावित हुन सक्ने भय र त्रास आम नागरिकमा देखिन्छ । तसर्थ सरकारले सवै तयारी र नितिगत कुराहरु आम सञ्चारको माध्यमले जनतालाई खवर गरि आशा र भरोसाको वातावरण तयार पार्न आवयश्क छ ।

प्रकाशित : २०७६ चैत्र १६, आईतवार १०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ