सबैलामा क्वारेन्टाइन संचालनमा


जनकपुरधाम ; ।धनुषा जिल्लाको सबैला नगरपालिकाले कोरोना भाइरसको संक्रमितको आशंका भएकाहरुलाईराख्न क्वारेन्टाइन आइतवारदेखि सञ्चालनमा ल्याएकोछ ।२५ वेडको क्वारेन्टनाइन बरकुर्वा विद्यालयमा सञ्चालन गरिएकोछ ।

त्यहाँ खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मीहरुकालागि छुट्टै ५ शैय्याको आवासकक्ष बनाइएकोछ ।

क्वारेन्टाइन रहने सबैको भोजनको प्रबन्ध लगायतका खर्चहरु नगरपालिकाले नै ब्यहोर्ने मेयर विजय शंकर साहले जनाए ।साहका अनुसार त्यहाँ खटिने सबै कर्मचारीहरुलाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक दिईनेछ ।पाँच सदस्यीय मोबाइल टीम समेत बनाइएकोछ ।

मोबाइल टीममा ३ जना स्वास्थ्यकर्मी र दुई जना सुरक्षाकर्मी राखिएकोछ ।२४ घण्टा नै एम्बुलेन्सको सेवा उपलब्ध गराइएको छ । अति बिपन्नहरुका लागि खाद्य सामग्री घरमै पु¥याइने मेयर साहले बताए ।

प्रकाशित : २०७६ चैत्र १७, सोमबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ