लहानका वडाध्यक्ष गुप्ताले बांडे लकडाउन पीडितलाई राहत


जनकपुरधाम; कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेपछि समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई सिरहाको लहान नगरपालिका ७ ले राहत सामग्री उपलब्ध गराएको छ।

वडाध्यक्ष राकेश गुप्ता ‘रोशन’ले प्रतिविपन्न परिवार १० किलो चामल, १ किलो दाल, २ किलो आलु, १ प्याकेट नुन, १ थान साबुन वितरण गरेका छन्। एक ठाउँमा वितरण गर्दा भिडभाड हुने भएकाले घरघरमै पुगेर राहत बाँडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए।

उनका अनुसार यहाँका कुल ६५ गरिब विपन्न परिवारलाई राहत वितरण गरिएको छ। लकडाउनका कारण गरिब र विशेष गरी दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरू बढी समस्यामा परेकाले राहत वितरण गरिएको उनको भनाइ छ।

प्रदेश सरकारले गरिब परिवारलाई निःशुल्क खाना खुवाउने र राहत समेत उपलब्ध गराउने निर्णय गरेको तीन दिन बितिसकेको छ। तर कहिलेदेखि खाना खुवाउने र राहत बाड्ने विषय अझै अनिश्चित छ।

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १५:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ