वीरगन्जमा राहतको विषयमा झडप, बालबालिकासहित १९ जना घाइते


पर्सा; मा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते भएका हुन् ।

झडपमा घाइते भएकाहरूको वीरगन्जस्थित नारायण अस्पतालमा उपचार भइरहको छ । घाइतेमध्ये केहीको टाउको फुटेको छ भने कतिपयको हात भाँच्चिएको छ ।

राहत बाँड्ने विषयमा सर्वदलीय राहत वितरण समितिका सदस्यबीच झड्प हुँदा १९ जना घाइतेका भएका हुन् । महानगरपालिकाले वडा नम्बर १९ मा पठाएइको १ लाख २५ हजार रुपैयाँको राहत बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो ।

समितिले लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा पाएको थियो । त्यसका लागि विवरण संक्रलनका क्रममा समितिका सदस्य प्रभु यादवले आफ्ना नातागोताहरूको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरे दुवै पक्ष एक अर्का माथि हातपात गर्न थालेका हुन् ।

प्रकाशित : २०७६ चैत्र १९, बुधबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ