वीरगञ्जमा कोरोना उपचार केन्द्र खोल्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण


जनकपुरधाम : कोरोना रोगको परीक्षण तथा उपचारको लागि वीरगन्जको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको ध्यानाकर्षण गराएको छ ।

कारोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको ठूलो चापमा रहेको वीरगन्जको अस्पतालमा कारोना रोगको परीक्षण पीसीआर ल्याब, स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीई लगायतका सामग्री तथा छुट्टै कोभिड अस्पताल सञ्चालन गर्न आइतबार मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएको हो ।

पर्सा जिल्ला क्षेत्र नम्बर १का संघीय सांसद प्रदीप यादव,वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्याय र आकस्मिक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा। उदय नारायण सिंह लगायतको टोलीले कारोना रोगको संक्रमण नियन्त्रणको लागि वीरगन्जमा चलिरहेको तैयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउदै ध्यानाकर्षण गराएको थियो ।

कार्यहरु अगाडि बढाइ सकिएको मुख्यमन्त्री लालबाबु राउत गदीले बताउनु भयो । उहाँले वीरगन्ज प्रति आफु संवेदनशील रहेको बताँउदै कोराना रोगको संक्रमण नियन्त्रणको लागि पीसीआर मेशिन सहितको परीक्षण ल्याब तथा रोगको उपचारको लागि कोभिड अस्पताल जनकपुर तथा वीरगन्जमा गरी दुइ ठाउँमा सञ्चालन गरिने व्यवस्था भइरहेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले नारायणी अस्पतालका चिकित्सकहरुका लागि लगभग ४० थान पीपीई,मास्क र गल्पस लगायतका सामग्रीहरु नारायणी अस्पताल पठाइसकिएको र रोगको परीक्षण तथा उपचारको लागि पीसीआर सहितको ल्याब यथाशीघ्र सञ्चालन गर्नुका साथै रोगको उपचारको लागि कोभिड अस्पताल वीरगञ्जमा पनि अबिलम्ब सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

वीरगञ्जबाट आएको जनप्रतिनिधि तथा स्वास्थ्य पदाधिकारीहरुले आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवसंग भेटी कारोना रोगको लागि बीरगन्जको आवश्यकता बारे जानकारी गराउनुका साथै प्रदेश सरकारले गर्ने निर्णयहरुलाई अबिलम्ब कार्यान्वयन गर्न अनुरोध गरेको थियो ।

प्रकाशित : २०७६ चैत्र २४, सोमबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ