साँसद अरगरियाको ठूलो सफलता : डुमरिया अस्पताल ५० बेडमा स्तरोन्नती, चाँडै संचालनमा आउने


टुडेखोज/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा पर्ने डुमरियास्थित प्राथमिक उपचार केन्द्रलाई प्रदेश २ सरकारले ५० बेडको जिल्ला अस्पताल बनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको पहलमा उक्त अस्पताल ५० बेडमा स्तरोन्नती भएको हो । भवन निर्माण भएको लामो समय वितिसक्दा पनि केहि नेकपा नेताका कारण ओझेलमा परेको थियो । अस्पताल संचालन नहुँदा भवन जीर्ण बन्दै गएको थियो ।

अस्पताल संचालनमा आउन ढिलाइ भइरहेपछि स्थानीयबासिन्दा धर्ना समेत बनेका थिए । सोही बेला साँसद अरगरियाले प्रदेश सरकारसँग ५० बेडको अस्पतालमा स्तरोन्नती गर्न मन्त्रीपरिषद्मा फाइल पठाइसकेको जनाएका थिए । साँसद अरगरियाले जनता समक्ष गरेको वाचा आज पुरा भएको छ ।

प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नती गरेपछि अब चाँडै संचालनमा आउने बताइएको छ । यस अस्पतालमा तत्काल कोरोना संक्रमितको उपचार गर्ने व्यवस्थापन गरिनेछ ।

प्रकाशित : २०७६ चैत्र २७, बिहीबार २०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ