सिरहाको ठाडीसहितका नाकामा सशस्त्र प्रहरीको कडा सुरक्षा


जयनाथ यादब/ लहान : भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिरहाका सिमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

विगत तीन दिनदेखि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी नाकामा परिचालन भएका हुन् । सिरहाको ठाडी नाका क्षेत्रमा प्रत्येक २ देखि ३ सय मिटरको दुरीमा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल ठाडीका इन्सपेक्टर जीवन खतिवडाका अनुसार सरकारले लकडाउन र नाका ठप्प गर्ने निर्णय गरेपनि सर्वसधारणले लुकिछिपी भारतीय बजार जाने गरेका थिए । सोही कारण अब प्रत्येक २ देखि ३ सय मिटरको दुरीमा प्रहरी खटेका छन् ।

अब यस क्षेत्रको सिमा नाकाबाट कोही पनि आवतजावत गर्न नपाउने इन्सपेक्टर खतिवडाले दावी गरे । उनका अनुसार अहिले २४ घण्टा नाकामा प्रहरी तैनाथ हुन्छन् ।

प्रकाशित : २०७६ चैत्र २७, बिहीबार २१:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ