Breaking- सिरहामा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड हवाई फायर


जनकपुरधाम, वैशाख १

सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएको छ । लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जनाएका हुन् ।

झडपमा केहि सुरक्षाकर्मी घाईते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार लकडाउनको पालना गराउन पुगेका प्रहरीमाथि स्थानीयले जाइलागेपछि झडप भएको हो । प्रहरीले हवाई फाइर पनि गरेका छन् ।

उनले प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको बताए । उनले प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको पनि जानकारी दिए । अहिले भर्खर घटना भएकाले विस्तृत वितरण आउन नसकेको उनको भनाई छ ।

झडपपछि गाउँमा भागाभाग मच्चिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरे समेत घटनास्थल पुगेका छन् ।

प्रकाशित : २०७७ बैशाख १, सोमबार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ