सिरहालगायत मधेसमा आज जुडशीतल पर्व मनाइँदै, कोरोनाबाट बचाउने कामना


सिरहा, वैशाख २

हरेक वर्षको बैशाख शुक्ल पक्ष अर्थात वर्षको पहिलो महिना बैशाख २ गतेका दिन मधेशका जिल्लाहरुमा जुडशितल पर्व मनाइँदैछ ।

आजको दिन आफुभन्दा आमाबुवा, गुरुवर्ग, मान्यजन र आफभन्दा जेष्ठ व्यक्तित्वले सानाको शिर (टाउको) मा जल थपथपाएर आर्शीवाद दिने प्रचलन छ । वर्षभरी शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने उद्देश्यले ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने सानो उमेरकाले ठूलाबडाको आर्शिवाद लिने गर्छन् ।

यतिबेला कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । त्यसैले जुडशितलमा अग्रजले आफूभन्दा सानालाई कोरोना भाइरसबाट जोगाउने कामना समेत गरेका छन् ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने चौपाया (गाईवस्तु) नुहाउने समेत परम्परा रहेको छ । अत्याधिक गर्मी र सूर्यको तापबाट आकुल व्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान होस भन्ने नै पर्वको मूल उद्देश्य रहेको छ ।

नयाँ वर्षमा जल सिचिँत गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन घरघरमा विशेष परिकार बनाएर खाने चलन छ । भने गाउँघरमा हिलोपानी पनि खेल्ने गरेका छन् ।

प्रकाशित : २०७७ बैशाख २, मंगलवार ०६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ