प्रदेश २ का सबै जिल्लामा कोरोना परीक्षण मेसिन राख्न सभामुख यादबको भाग

काठमाडौं । प्रदेश २ को प्रदेशसभाका सभामुख सरोजकुमार यादवले कोरोना परीक्षण मेसिन उपलब्ध गराउन संघीय सरकारसमक्ष माग गरेका छन् ।

बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भिडियो कन्फरेन्सबाट भएको (भर्चुअल) बैठकमा भाग लिँदै सभामुख यादवले यस्तो माग गरेका हुन् । ‘संघीय सरकारले प्रत्येक जिल्लामा कोरोना परीक्षणका लागि मेसिन उपलब्ध गराउन पर्यो’ संघीय सरकारको भूमिकाबारे उनले भने ।

मन्त्रिपरिषदको निर्णय कार्यान्वयनमा समेत ढिलाइ भइरहेको उनको भनाइ छ । राहत वितरणलाई थप प्रभावकारी बनाउन पनि सभामुख यादवले सुझाव दिए ।

उनले यादवले प्रदेश दुईमा कोरोना रोकथाम र नियन्त्रणका लागि भएका कामबारे पनि जानकारी गराए । भर्चुअल बैठक जारी छ । बैठकमा सातै प्रदेशका सभामुख सहभागी छन् ।

प्रकाशित : २०७७ बैशाख ३, बुधबार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !

ताजा अपडेट

ट्रेन्डिङ