प्रदेश २: निजी विद्यालयले परीक्षा नै नलिएको खुलासा


जनकपुरधाम। सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरेको छ । तर, प्रदेश नम्बर २ का निजी विद्यालय भने परीक्षा नै नलिएको खुलासा भएको छ ।

प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयमा परीक्षा सम्पन्न हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपसचिव महेन्द्र महतोका अधिकांश निजी विद्यालयमा परीक्षा हुन बाँकी छ । सामुदायिक विद्यालयमा भने परीक्षा

भइसकेको महतोले जानकारी दिए ।

प्रकाशित : २०७७ बैशाख ५, शुक्रबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ