अलपत्र नागरिकलाई तत्काल घर पुर्‍याउन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौँ । सर्वोच्च अदालतले आफ्नो गन्तव्यमा जाने क्रममा अलपत्र परेका नागरिकहरुलाई तत्काल उनीहरुको घर पुर्‍याउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले उनीहरुलाई घरसम्म पुग्ने सवारीसाधनको बन्दोबस्त गर्न पनि सरकारलाई आदेश दिएको हो । आदेशअनुसार सरकारले उनीहरुलाई निशुल्क रुपमा घरसम्म पुर्‍याउनुपर्नेछ ।

घरतर्फ हिँडेका उनीहरुलाई कुनै अवरोध नगर्न पनि सर्वोच्च आदेश दिएको छ ।

सरकारले घर हिँडेका मजदुरको हकहितमा ध्यान नदिएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रकाशित : २०७७ बैशाख ५, शुक्रबार २१:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ