धनुषाको एक वडाध्यक्षको आरडिटी रिपोर्ट ‘पोजेटिभ’


जनकपुरधाम । धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।भारतबाट एक महिनापछि फर्केका जनकनन्दनी गाउँपालिकाका एक वडाध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।

प्रकाशित : २०७७ बैशाख ८, सोमबार १२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ