स्वास्थ्यकर्मी र प्रहरीको तलव कट्टा नगर्न सरकारको निर्देशन


काठमाडौं । सरकारले कोरोना महामारीमा राहत दिन सबै सरकारी कर्मचारीहरुको तलव ओहदा अनुसार कट्टा गर्ने निर्णय गरिएको भएपनि प्रहरी र स्वास्थ्यकर्मीको तलव भत्तामा कट्टा नगर्न निर्देशन दिएको छ ।

नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयले केही दिन पहिले अधिकृत तहका प्रहरी कर्मचारीहरुको तलव कट्टा गरी सिधैं कोरोना उपचार कोषमा दाखिला गर्ने निर्देशन दिएकोमा आज बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले प्रहरी सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको तलव कट्टा नगर्न निर्देशन दिएको हो ।

प्रकाशित : २०७७ बैशाख ८, सोमबार १५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ