आर्थिक चलखेल गरी पार्टी फुटाउन अध्यादेश ल्याइयो : उपेन्द्र यादव


 काठमाडौं । समाजवादी पार्टीले सरकारले जारी गरेको अध्यादेशलाई राजनीतिक पार्टीहरूलाई आर्थिक चलखेल गरी फुटाउनका लागि ल्याएको जनाएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दहरूसँग सम्बन्धित अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई ठूलो दुर्घटनामा पार्ने समाजवादी पार्टीको भनाइ छ।

‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त स‌घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्नेछ। यसलाई सरकारले फिर्ता लिनुपर्दछ,’ पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित : २०७७ बैशाख ९, मंगलवार १३:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ