ओली-प्रचण्ड र देउवाबीच बालुवाटारमा त्रिपक्षीय छलफल


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। उनीहरुबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार देशको समसामयिक विषयमा छलफल गर्न देउवा र दाहाल बालुवाटार पुगेका हुन्।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच एक्लाएक्लै वार्ता भएको थियो। उनीहरूबीच दिउँसो ३ देखि ४ बजेसम्म कुराकानी भएको हो।

प्रकाशित : २०७७ बैशाख १२, शुक्रबार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ