झापामा थपिए कोरोनाका एक बिरामी, संक्रमितको संख्या ५२ पुग्यो


काठमाडौं । झापामा कोरोनाका अर्का बिरामी फेला परेका छन्। योसँगै झापामा कोरोनाका बिरामीको संख्या दुई पुगेको छ।

बिराटनगरस्थित कोशी अन्चल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले विज्ञप्तीमार्फत जनाएका छन्। कोरोनाका नयाँ बिरामी झापाको राजगढ निवासी हुन्।

उनी मुस्लिम धर्मावलम्बीको जमाती समुदायका हुन्। अधिकारीका अनुसार उनी चिकित्सकको सम्पर्कमा आइसकेका छन्। उनको स्वास्थ्य सामान्य रहेको सह-प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रकाशित : २०७७ बैशाख १४, आईतवार १९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ