रौतहटको अनामिका हस्पिटलले वंशीराम अनाथालयलाई ५१ हजार सहयोग गरे अक्षयकोषमा।


रौतहट। रौतहटको भूमध्य भागमा रहेको गरुडामा संचालित अनामिका हस्पिटल प्रा.लि.का संस्थापकले गरुडा स्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा ५१ हजार रुपैया सहयोग गरेको छ ।

अनामिका हस्पिटलको प्रमुख डा.आर .बी. प्रसादका पिता श्रीनारायण साहले अनाथालयका संस्थापक वंशीराम जयसवालको हातमा ५१ हजार नगदै हस्तान्तरण गरेका हुन् । अनाथालयका संचालक तथा बालबालिकालाई गत दश वर्षदेखि निःशुल्क औषधी उपचार अनामिका हस्पिटलले गर्दै आएको छ ।

अनाथ बालबालिकाको भरणपोषण र स्वास्थ्योपचारको लागि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेकोमा हस्पिटलको तर्फबाट साहले ५१ हजार रुपैया नगदै सहयोग गर्दैे सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । अनाथालयका वर्तमान अध्यक्ष भुवनेश्वरराम जयसवालले अनाथालयको तर्फबाट डा.आर.बी प्रसादका मातापितालाई दोसल्ला ओढाई सम्मानित गरिएको छ ।

प्रकाशित : २०७७ बैशाख १५, सोमबार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ