मनाइयो धूमावती जयन्ती


काठमाडौं। आइतबार वैशाख शुक्ल तृतीयाका दिनमा धूमावती जयन्ती मनाइएको छ।

धूमावतीलाई दश महाविद्यामध्ये सातौँ मानिन्छ। धार्मिक कथाअनुसार दक्षयज्ञमा सती देवीले फाल हानेपछि उनी रिसाएर महाविद्याका रूपमा दश दिशामा पुगेकी थिइन्। दक्षिणपूर्व अर्थात् आग्नेय कोणसँग देवी धूमावती सम्बन्धित छिन्।

विशेषतः शाक्त तान्त्रिकहरूले यस जयन्तीमा साधना र उपासना गर्दै मनाएका छन्।

बूढी र विधवाका रूपमा देखाइने धूमावतीलाई श्मशानमा प्रायः घोडाविहीन रथ वा कागमा विराजमान हुन्छिन्।

सृष्टिअघि र संहारपछिको शून्यताका रूपमा धूमावतीलाई लिइन्छ। उनलाई सिद्धिका लागि उपासना गरिन्छ।

प्रकाशित : २०७७ बैशाख १५, सोमबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ