सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एकको ज्यान गयो


सिरहा । सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

धनगढीमाई नगरपालिका–३ मेदनी पुलस्थित सडकमा स१च १४९१ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा गोलबजार नगरपालिका–१२ हरिपुर बस्‍ने ४० वर्षीया पदलयात्री दुलारीकुमारी सदायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी सदायको कामना नर्सिङ होम लहानमा उपचारका क्रममा मृत्यु भएको हो । फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ बैशाख १५, सोमबार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ