आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाई पक्राउ


भक्तपुर । आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा बस्दै आएकी १४ वर्षीया बालिकालाई २३ वर्षीय दाइले गत शनिबार बिहान बलात्कार गरेको आरोप छ ।

बालिकामाथि जवरजस्ती करणी गरेको किटानी जाहेरी दरखास्तको आधारमा अभियुक्तलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो ।

आइतबार भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी दीपक गिरीले जानकारी दिए ।

प्रकाशित : २०७७ बैशाख १५, सोमबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ