समस्यामा परेका गरिब परिवारलाई राहत बाँड्दै वडाध्यक्ष यादब


जयनाथ यादब / लहान : सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका गरिब परिवारलाई राहत वितरण गरेको छ । आईतवारबाटै वडा नम्बर ३ का गरिब परिवारलाई राहत वितरण सुरु गरिएको हो ।

प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, चिनी २ किलो, नुन १ किलो, मिस्क मसाला १ प्याकेट, नुहाउने र लगाधुने सावुन १÷१ थान, ह्यान्ड वास १ प्याकेट र खानेतेल १ लिटरका दरले राहत वितरण गरिएको छ ।

आइतवार मिर्जापुरका १४८ र पोर्ताहाका १६० परिवारलाई राहत वितरण गरेको वडाध्यक्ष महिन्द्र प्रसाद यादबले जानकारी दिए । उनले वडा नम्बर ३ मा कुल १ हजार १५ परिवारलाई राहत वितरण गर्ने पनि बताए । उनले भने– सबैलाई राहत वितरण गर्न कम्तिमा ३ दिन लाग्नेछ ।

प्रकाशित : २०७७ बैशाख १५, सोमबार २०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ