कतारले दिएका सहायता सामग्री लिएर नेपाल आइपुग्यो जहाज


काठमाण्डौ । कतार सरकारले नेपाललाई दिएको औषधी र उपकरण काठमाण्डौ आइपुगेका छन् ।

कतार सरकारले नै चाटर्ड गरेर पठाएको कतार एअरवेजको जहाजले औषधी र उपकरण ल्याएको हो । कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई चाहिने अत्यावश्य सामग्री सहयोगको रुपमा नेपाल पठाइएको जनाएको छ ।

फन्डका निर्देशक खालिफा विन जसिम अल कुवारीले कोरोनासँग जुधिरहेको नेपाललाई मित्रराष्ट्रका हैसियतले सामग्री पठाएको बताउनुभएको छ । १० टन मेडिकल सामग्री बोकेको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।

प्रकाशित : २०७७ बैशाख १७, बुधबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ