रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ, साइबर अपराधको आरोप


काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको अनलाइनखबरलाई बताए ।

साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनायो ।

प्रकाशित : २०७७ बैशाख १८, बिहीबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ