लकडाउन पालना गराउन सिराहाको सडकमा सेना


जनकपुरधाम । लकडाउन पालना गराउन सिराहाको सडकमा नेपाली सेना सक्रिय भएको छ । 

सदरमुकाम सिराहामा नेपाली सेनाको टोलीले ठाउँठाउँमा लकडाउन उल्लंघन गरी सडकमा आवतजावत गर्नेलाई बिहीबार सचेत गराएको हो । शेरगण चोहर्वाबाट खटिएको सेनाले सदरमुकाम सिराहाको मुख्य चोकहरूमा लकडाउन उल्लंघन गर्नेलाई रोकेर सचेत गराएको छ । 

पैदल गस्ती गर्ने क्रममा सैनिकहरूले राजेश ठाकुर पार्क, क्याम्पस चोक, हेमनारायण चोक, इमली चोक, महावीर चोकमा मास्क नलगाई अनावश्यक आवतजावतमा देखिएकालाई रोकेर सोधपुछ गर्दै लकडाउन पालना गर्न आग्रह गरेका छन् ।

लकडाउन पालना गराउन सिराहा सदरमुकाममा पहिलोपटक हतियारसहित नेपाली सेनाको टोली पैदल गस्तीमा देखिएको हो । यसअघि नेपाली सेनाको टोलीले जिपबाट गस्ती गर्दै आएको थियो । 

प्रकाशित : २०७७ बैशाख १८, बिहीबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ