लकडाउन : धनुषाका एक प्रहरी चौकी नजिकै बजार लाग्छ !


जनकपुरधाम । धनुषामा एक प्रहरी चौकी नजिकै मानिसहरूले लकडाउनको उलंघन गरिरहदा पनि प्रहरीले बेवास्ता गरेका छन् ।

धनुषाको हँसपुर नगरपालिका वडा नं ५ स्थित सुगानिकास प्रहरी चौकी भन्दा करिब २ सय मिटर दूरी दक्षिण आपको गाछीमा बजार लगाएर लकडाउनको उलंघन गर्दा प्रहरीले बेखवर भएका छन् ।
बिहीबार हँसपुर नगरपालिकाको सुगानिकासमा समाजिक दूरीको ख्याल नगरी मान्छेहरू भिडभाड लगाएर बजार लगाउदै गर्दा प्रहरीले डरले भन्न जाँदैन ।

सुगानिकास प्रहरी चौकीका इन्चार्ज राजेन्द्र प्रसाद यादव सँग यस विषयमा प्रतिक्रिया लिदां उनले भने थाहा छ त्यहा बजार लागेको छ हामीले केही गर्न सकिदैन त्यहा पुगेर आएको छु हामी २ जना प्रहरी पुगेर बजार बन्द गराउन सकिदैन मान्छेहरु मान्दैनन् अनि यत्रो मानिसको भिडमा दुई जना प्रहरीले के गर्न सक्छ ? लकडाउन पालनाको नगरिक स्वमनै सचेत हुनुपर्छ ।

तपाईंलाई समाचार लेख्नु छ भने लेख्नुस केही फरक पर्दैन भनेर हामीलाई यस्ता गैरजिम्मेवारी पुर्ण जवाफ सई (इन्चार्ज) राजेन्द्र प्रसाद यादवले फर्काए छन् ।

पहिला चाहिँ खरिदबिक्री गर्ने मानिसह गाउँमै बजार लगाउथे हामीले उनीहरूलाई आ(आफ्नै घरको सामुन्ने सामग्री राखेर बेच्न भनेका थिए यिनीहरूले लकडाउनलाई अवज्ञा गरेको भन्दै हामीले सुगानिकास प्रहरी चौकीका इन्चार्ज राजेन्द्र प्रसाद यादवलाई जानकारी गराउदाँ उहाले भन्नुभयो हामी सित स्टाफको कमी छ सबैतिर जान सकिदैन लकडाउनको पालना गर्न जनता स्वमनै सचेत हुनुर्पयो त्यसपछि उनीहरू गाउँबाट उठेर प्रहरी चौकी नजिकै बजार लगाउन थालेको वडा अध्यक्ष शिबशंकर साहले बताए ।

सुगानिकास बजार हप्तामा दुईदिन सोमबार र बिहीबार लाग्ने गर्छन् ।

प्रकाशित : २०७७ बैशाख १९, शुक्रबार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ