केक काटेर जानकी जन्मोत्सव मनाएको छैन : महन्थ दास


जनकपुरधाम । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दास वैष्णवुले केक काटेर जानकी जन्मोत्सव नमनाएको स्पष्ट पारेका छन् ।

महन्थ दासले नै केक हातमा लिएको तस्विर सार्वजनिक गरेका थिए । लगत्तै सामाजिक संजाल फेसबुकमा उक्त तस्विरमाथि टिकाटिप्पणी सुरु भयो । कतिपयले महन्थले पश्चिमा सस्कृति अनुसार जानकी नवमी अवसरमा केक काटेको भन्दै आलोचना गरेका छन् ।

फेसबुकमा आलोचना भइरहेकोबारे महन्थ दासले नेपालन्यूजसंग भने, ुभक्तजनले केक ल्याइदिएपछि प्रसाद स्वरूप निश्चित रुपमा बाड्यो । तर केक चक्कुले काटेर जानकी नवमी मनाएका छैनौं ।ु उनले पौराणिक मान्यता अनुसार नै जानकी जन्मोत्सव मनाइरहेको स्पष्ट पारे ।

ुभक्तजनले प्रसादको रुपमा मिठाइ चढाउथेु, उनले भने, ुयसबर्ष प्रसादकै रुपमा ४र५ वटा केक भक्तजनले चढाए । त्यही केकलाई प्रसादको रुपमा बांड्यौं ।ु उनले न केकको चारैतीर मैनबत्ती बाले, न चक्कुले काटेको स्पष्ट पार्दै यसलाई गलत रूपमा लिन नहुने बताए ।

हरेक वर्ष जानकी नवमी अवसरमा दिउसो आरती तथा पूजाअर्चना गरिन्छ । विगतका वर्षहरुमा भने ठुलो भिडभाड हुन्थ्यो । भारतबाट पनि हजारौं साधुसन्त तथा भक्तजन आउथे । तर यसवर्ष लकडाउनका कारण बाहिरका कोही आएन, जनकपुरबासी पनि सहभागी भएन ।

प्रशासनले पनि लकडाउनका कारण भिडभाड नगर्न भनेकाले ४०र५० जना मात्र सामाजिक दुरी कायम गरी जानकी नवमी मनाइरहेको महन्थ दासले बताए । उनले अहिले आरती र दिप प्रज्वलन गरिएको पनि बताए । उनले बधाई गित तथा नृत्यको तयारी पनि भइरहेको जनाए ‌।

प्रकाशित : २०७७ बैशाख २०, शनिबार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ