कर्मचारीको विवरण पठाउन सामाजिक विकास मन्त्रालयको पत्रचार


जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्रालयले निजामती कर्मचारीको विवरण पठाउन सम्बन्धित सबै कार्यालयलाई पत्राचार गरेको छ। मन्त्रालयका शाखा अधिकृत राम हृदय यादवले सरकारी कार्यालयहरुलाई शुक्रबार पत्रकार गरेको हो।

संघीयताको कार्यान्वयणका क्रममा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन एवं विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारी रोकथान, नियन्त्रण र अन्य अत्यावश्यक सेवा प्रवाह गर्नका लागि कर्मचारी अद्यावधिक अभिलेखन गरी कर्मचारी व्यवस्थापन प्रयोगनका लागि कर्मचारीको विवरण पठाउन पत्राचार गरेको जनाएको छ।

कर्मचारी विवरण फारम भरी सात दिनभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौको पत्रबाट र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट ५ दिनभत्र पठाउन भनेकाले चार दिनभित्र सामाजिक विकास मन्त्राललयमा चार दिनभित्र तोकिएको ढाँचामा निजामती कर्मचारीको विवरण पठाउन भनिएको छ।

प्रकाशित : २०७७ बैशाख २०, शनिबार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ