पाेखरामा आगलागी हुँदा एक करोड क्षति


पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।

डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गर्नुभएको विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा रु ७० लाखको फर्निचरका सामग्री र रु ३० लाख बराबरको भौतिक संरचना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित दमकल र पानी ट्याङ्करको सहयोगमा लगभग डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो ।

लकडाउनको समय भएका कारण फर्निचरमा कामदार कोही नभएकाले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने सञ्चालक दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ बैशाख २१, आईतवार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ