ताप्लेजुङ आगलागीः साढे सात करोडको क्षति, २९ परिवार विस्थापित


काठमाडौं । ताप्लेजुङ – शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेसन छेउमा भएको आगलागीबाट ८ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ ।

कुल क्षतिमध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैंया बराबर क्षति भएको छ । संकलित तथ्यांकअनुसार आगोले ७ वटा घर पूर्ण रुपमा जलेका छन् भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काइएको छ । यससहित आगलागीबाट ८ घर पूर्ण रुपमा क्षति भएका हुन् । अन्य केही घरमा आशिंक क्षति भएको छ ।

श्रतिग्रस्त ८ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन् । आगोले ६ वटा संस्थागत निकायहरुको कार्यालय तथा संरचनामा क्षति गरेको पाइएको क्षति विवरण संकलनमा संलग्न जिल्ला रेडक्रस सोसाईटीका मन्त्री विकास गौतमले जानकारी दिए ।

ताप्लेजुङ सदरमुकाम फुङलिङका आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघ(संस्थाले राहत वितरण सुरु गरेका छन् ।

फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामल लगायतका खाद्यान्न सामग्री वितरण गरेको छ । नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार आगलागी प्रभावित हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, २ किलो चिनी, २ लिटर खाने तेल, २ किलो नुन, ३ किलो आलु, २ किलो दाल र १ प्याकेट चिउरा वितरण गरिएको छ ।

प्रकाशित : २०७७ बैशाख २१, आईतवार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ