नेपालमा एकैदिन थपिए १० जना कोरोना संक्रमित


जनकपुरधाम : नेपालमा आइतवार एकैदिन थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको छ।


नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरगञ्जमा ३६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला सङ्क्रमित भएका छन् ।

उनीहरू सातदेखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा जनाए ।

नेपालगञ्जमा सङक्रमित नौ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा रहेको उनले बताए । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ।

गत चौबीस घण्टामा १ हजार ४७९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । २१ हजार ९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास (आइसोलेशन)मा रहेको पनि डा. देवकोटाले जानकारी दिए ।

प्रकाशित : २०७७ बैशाख २१, आईतवार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ