सिरहामा राहत वितरण विवादमा झडप, प्रहरीले फायर गरेपछि…


सिरहा । राहत वितरणमा विवाद हुँदा भीड तितरवितर पार्न सिरहाको मिर्चैयामा प्रहरीले गाेलि चलाएको छ । मिर्चैया नगरपालिका ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो । 

वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न ९ राउन्ड हवाई फायर गरेको हाे । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए । 

वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै २ दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : २०७७ बैशाख २२, सोमबार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ