महोत्तरीमा मदिराले मृत्यु भएको परिवारलाई प्रदेशले १/१ लाख दिने


महोत्तरी । विश्वव्यापी कोरोना महामारीको समयमा महोत्तरीमा घरमूलीको मृत्यु भएपछि छोराछोरीहरु शिक्षाबाट बन्चित नहोस उद्देश्यका साथ प्रदेश नं. २ का सरकारले मृतकका परिवारलाई जनही १÷१ लाख रकम दिईने घोषणा गरेका छन ।

सोमबार महोत्तरीको भंगहा आउनुभएका प्रदेश नं. २ का आन्तिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले तत्कालका लागि एक÷एक लाखका दरले वालवालिकालाई शिक्षाका लागि रकम छुटयाएको जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश सरकारले मदिरामुक्त प्रदेश बनाउने अभियानमा जुटेको समयमा अवैध रुपमा लोकल मदिरा उत्पादन गरि वेच्नेलाई कडा भन्दा कडा कारवाही गर्नका लागि प्रहरी प्रशासनलाई निर्देशन दिएका हुन ।
जिल्लाको भंगहा नगरपालिका वडा नं. ६ हतिसर्वाका ४८ बर्षिय पलट साह, भंगहा नगरपालिका ७ का ५५ बर्षिय नथुनी महरा, ५५ बर्षिय लालवावु सिंह, ४० बर्षिय सिकिन्द्र सिंह, ५७ बर्षिय सुकदेव महरा, रौतहट घर भई भंगहा वडा नं. ७ मेघरौलमा काठ मिस्त्रीको काम गर्दै आएका ५६ बर्षिय महेन्द्र चौधरी र सोही स्थानका ४४ बर्षिय मोहन चौधरीको लोकल मदिरा सेवनले मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै वर्दिवास नगरपालिका १२ का ५५ बर्षिय गंगाराम सदा, ३० बर्षिय सोकिन्द्र मण्डल, ५५ बर्षिय सोमनीदेवी वातर र भारत उत्तर प्रदेश घर भई स्थानिय ईटा भटठामा कार्यरत ५५ बर्षिय मोतीलाल प्रजापतिको मदिरा सेवनकै कारण मृत्यु भएको जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
यता वैशाख २१ गते मृत्यु भएका रुप नारायण सिंह दनुवारको मलेरियाका कारण मृत्यु भएको मेडिकल रिपोर्टले देखाएको जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो ।
शुक्रराज ट्रोपिकल सरुवा रोग नियन्त्रण टेकु, वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठन (धजय) लगायतका टिम परिचालन गरि अनुसन्धान गर्दा उनीहरुको मृत्यु लोकल मदिरा सेवनका कारण मृत्यु भएको पुष्टि भएको हो । त्यस्तै मृतकको घरमा चिकित्सकको टोली खटि वास्तविक रुपमा तथ्य फेला पारेको जनस्वास्थ्य निरीक्षक झाले पत्रकारलाई जानकारी गराउनुभयो ।
गत वैशाख १० गते यता १२ जनाको मृत्यु भएपछि प्रारम्भिक चरणको रिपोर्टले मृत्युको कारण यकिन गर्न नसकिएपछि स्थानियहरुमा त्रास उत्पन्न भएको थियो ।
विश्वव्यापी कोरोना महामारीको समयमा वस्तीमा क्रमिक रुपमा मानिसहरुको मृत्यु भएपछि स्थानियहरु त्रसित हुनुको साथै गाँउ नै शोकमय बनेका छन् ।

प्रकाशित : २०७७ बैशाख २२, सोमबार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ