आज बैशाख २४ गते बुधवारको राशिफल हेर्नुहोस्


जनकपुरधाम ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। साँझतिर प्रतिस्पर्धीहरूलाई पन्छाउन पनि सफल भइनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

टाढिएका आफन्त नजिकिनेछन् भने विगतका कमजोरीलाई पनि सुधार गर्न सकिनेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ। तापनि, शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। रोकिएको काम प्रारम्भ हुनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। तत्कालको फाइदा हेर्दा सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्छ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनाले कामको बाधा समाप्त हुनेछ। घर-गृहस्थी रमाइलो रहनेछ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न उपहार प्राप्त हुने समय छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। प्रयत्न गर्दा दैनिकीमा परिवर्तन आउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। काममा सहयोगीहरूले उत्साह जगाउनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। आयस्रोत अलि कमजोर हुनाले नयाँ काम सुरुवात गर्न समय लाग्ने देखिन्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारका साथ विशेष अवसर प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अरूको मात्र भरपर्दा काम बिग्रन सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर आए पनि काममा पछि परिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। कामको सफलताले हौसला जगाउनेछ। अरूका कमजोरीबाट फाइदा उठाउने समय छ। विभिन्न अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। तर्क र कूटनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिने हुँदा सावधान रहनुहोला। राति रमाइलो भेटघाटमा मन रमाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको लाभांश सञ्चय नहुन सक्छ। खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। सोचेको नतिजा तत्काल प्राप्त नभए पनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा पछिका लागि काम सहज बन्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। फाइदा नगण्य उठे पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। तापनि आयस्रोत बढ्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। खर्च लागे पनि प्रयत्न गर्दा अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। तर केही काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि आंशिक लाभ अवश्य हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाउने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। सञ्चित रकम अरूका लागि खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सफलताले हिम्मत दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने शुभचिन्तकहरूले समेत साथ दिनेछन्। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपरे पनि अध्ययनमा प्रगति हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलाग्न सक्छ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरू उपस्थित नहुन सक्छन्। गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला। काम पूर्ण नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथ–सहयोगले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ। चुनौती पन्छाएर नयाँ योजनातर्फ अग्रसर भइनेछ। काम बन्नाले मनग्य लाभ हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूले उत्साह जगाउनेछन्। केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार ०६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ