आज राष्ट्रिय पत्रकारिता दिवस


 काठमाडौं । बैसाख २४ अर्थात नेपालमा गोरखापत्र प्रकाशनको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको छ। दिवशको अवशर नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना दिएका छन्।

विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो। गोरखापत्रको १२० औ वार्षिकउत्सव तथा पाँचौ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै सबै महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सरकारले पाँच वर्ष अघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेसँगै बैसाख २४ आम नेपाली पत्रकारिता क्षेत्रको महत्वपुर्ण दिन बनेको हो। हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइदै आइएको दिवश विषेश परिस्थितीले यस वर्ष मनाउन नसकिएको अध्यक्ष आचार्यले बताए।

नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार सम्वन्धी नयाँ कानून र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सबैले सहयोग गर्न महासंघले माग गरेको छ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ