आरडिसी रौतहटद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


जनकपुरधाम । ग्रामिण विकास केन्द्र रौतटहले कोभिड १९ कोरोना महामारी विरुद्धको लडाईका लागि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


कतार च्यारिटेवल ट्रष्टको सहयोगमा आरडिसी रौतहटले उक्त स्वास्थ्य सामग्रीहरु प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई हस्तान्तरण गरेका हुन । उक्त अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय, आरडिसी रौतहट र कतार च्यारिटेबलका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।


हस्तान्तरिक सामग्रीहरुमा एक सय थान पिपिई, एन ९५ मास्क, सर्जिकल ग्लब्स, र ३१ थान थर्मल गन रहेको छ ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ