सर्लाहीमा स्रोत नखुलेको १८ लाख रूपैयासहित दुईजना पक्राउ


सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–२ मा अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको हो । पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षको निरजकुमार मण्डल छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठका अनुसार ट्रकमा उनीहरुले धान ल्याएका थिए । थप अनुसन्धान भइरहेको डीआईजी श्रेष्ठ जनाए ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार १९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ